‘द सिक्रेट अफ राधा’को रिलिज परिर्वतन, अब भदौ १० मा

‘द सिक्रेट अफ राधा’को रिलिज परिर्वतन, अब भदौ १० मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको यसअघि भदौ २४ गतेलाई प्रदर्शन मिति घोषणाको थियो । सिनेमाको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले सिनेमालाई दुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको निर्देशक थापाले बताए ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठको चरित्र चित्रण गरिएको छ । घाँस काट्ने क्रममा खेतमा बच्चालाई काखमा बोकेर खुशी मुद्रामा देखिएकी उनी सिनेमामा गाउँको एक विपन्न र एकल आमाको भूमिकामा रहेको पोस्टरबाट अनुमान गर्न सकिन्छ । उनको लुक्सले सिनेमाप्रति कौतुहलता बढाउन सफल छ । उनी पहिलो पटक गाउँले चरित्रमा प्रस्तुत हुन लागेकी छन् ।

सिनेमामा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई निर्देशक थापासँग मिलेर सौगात मल्लले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् ।