अभिनेत्री दीया पुन ‘अन्तिम संस्कार’ अनुबन्धित

अभिनेत्री दीया पुन ‘अन्तिम संस्कार’ अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री दीया पुन ‘अन्तिम संस्कार’ नामक सिनेमामा अनुबन्धित भएकी छन् । हालै संसारको सवैभन्दा अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी पुनले काठमाडौं फर्किए लगत्तै यो सिनेमामा अनुबन्धित भएकी हुन् ।

दीयाले सगरमाथा आरोहणको तयारी गरिरहँदा उनी अभिनीत सिनेमा ‘मन्त्र’ हलमा रिलिज भैरहेको थियो । प्रदीप शाहीको निर्देशनमा निर्माण हुने सिनेमामा दीयाका अलवा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो सिनेमा हो । यसअघि उनको निर्देशनमा सिनेमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको थियो, जुन यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छ । सिनेमाको छायांकन चाँडै सुरु गरिने निर्देशक शाहीले जानकारी दिए ।

शाही प्रोडक्सनको ब्यानरमा सामाजिक कथामा निर्माण हुन लागेको सिनेमालाई विनोद सुवेदी (खत्री)ले निर्माण गर्नेछन् । अभिनेत्री दीया पुनले करीब ४ वर्षपछि नयाँ सिनेमा साइन गरेकी हन् । चैतमा सगरमाथा आरोहणको उद्देश्यले नेपाल आएकी दीया बेलायतको एक अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् ।