anmol jasita

‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो’मा विनोद र अलिशाको आइटम

‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो’मा विनोद र अलिशाको आइटम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘वेलकम टु हेम्जाकोट’मा समाबेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको सिनेमाको आइटम गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् ।

राज सागरको संगीत रहेको गीतमा इन्दिरा जोशी र उदेश श्रेष्ठको स्वर छ । प्रज्वल अधिकारीले शब्द रचना गरेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सिनेमाका मुख्य अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउँदै दर्शकको माया पाउनेमा आशवादी देखिए ।

सिनेमामा विनोदका अलवा बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको सिनेमामा जितेन्द्र गिरी निर्माताको रुपमा छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् । दीर्घ गुरुङले खिचेको सिनेमालाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।