नवल खड्का निर्देशित ‘काँडेतार’को एक्शन प्याक्ड टिजर

नवल खड्का निर्देशित ‘काँडेतार’को एक्शन प्याक्ड टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवल खड्का निर्देशित सिनेमा ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लम्बाईको टिजर एक्सन प्याक्ड छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई सिनेमाले उठाएको छ । सार्वजनिक टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दर्शकलाई सिनेमाप्रति कौतुहलता जगाउन टिजर सफल देखिन्छ ।

स्वयंम नवलको निर्माण तथा लेखन रहेको सिनेमामा उनका अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमाको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

मणि थापा र दीपक शर्माको संगीत रहेको सिनेमाको छायांकन सौरभ लामाले गरेका हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको सिनेमामा माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् । काँडेतारको कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । टिजर सार्वजनिक गरिएको सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन । विदेशी रिलिजपछि मात्रै नेपालमा सिनेमा रिलिज गर्ने तयारी अभिनेता तथा निर्माता खड्काको छ ।