भदौ ३ मा सौगात र सृष्टिको ‘माइकल अधिकारी’

भदौ ३ मा सौगात र सृष्टिको ‘माइकल अधिकारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘माइकल अधिकारी’ आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सिनेमालाई रञ्जीत रौनियारले निर्देशन गरेका हुन् ।

माइकल अधिकारी यसअघि २०७६ सालको चैत २८ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा रिलिज स्थगन भयो । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

अभिनेता मल्लले अन्य सिनेमामा भन्दा माइकल अधिकारीमा फरक देख्न मिल्ने निर्माण टिमले उल्लेख गरेको छ । सिनेमा अभिनेत्री श्रेष्ठले आर्थिक अवस्था कमजोर भएकाले पैसाको लागि अरुको बच्चा जन्माउने विवाहित महिलाको भुमिका निवार्ह गरेकी छन् । सिनेमाको सम्पुर्ण छायांकन इलाम र झापामा गरिएको छ ।

निर्देशक निरक पौडेल निर्माता रहेको सिनेमाले भाडाको कोख सम्बन्धि बिषयलाई कमेडी र इमोस्नल रुपमा प्रस्तुत गरिएको छ । सिनेमालाई काठमाडौंभित्र जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मस्ले वितरण गर्नेछन् ।