साउन २० मा सुवर्ण थापा निर्देशित ‘म’ रिलिज घोषणा

साउन २० मा सुवर्ण थापा निर्देशित ‘म’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित सिनेमा ‘म’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी साउन २० गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो ।

यसअघि जेठ २० गतेलाई सिनेमाको प्रदर्शन मिति तोकिए पनि पोस्ट प्रोडक्सनको काम पूरा नभएकाले रिलिज पोस्टपोन्ड भएको थियो । सिनेमाको शनिवार टिजर सार्वजनिक गरिँदैछ । सिनेमा सम्बन्धि अध्यापन गराउने कान्तिपुर सिनेमा एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा म निर्माण भएको हो ।

सिनेमामा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, नरेन खड्का, निराजन प्रधान, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ । यही सिनेमाबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर सिनेमा एकेडेमीका विद्यार्थी हुन् ।

आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा सिनेमाले भन्ने निर्देशक थापाले जानकारी दिएका छन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको सिनेमामा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ ।