‘प्रकाश’को गीत ‘मान्छे मान्छे’ सार्वजनिक

‘प्रकाश’को गीत ‘मान्छे मान्छे’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । बिहिबार डिएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक लिरिकल भिडियोमा सिनेमाका चल अचल दृष्य समावेश गरिएका छन् ।

गीतले वर्गिय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले सिनेमाको थिम बुझाउन खाजेको बुझ्न सकिन्छ ।

व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ । त्यसो त सिनेमाले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको गीतबाट स्पष्ट पारिएको छ ।

अशोक शेरचनले शब्द रचना गरेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर छ । दिनेश राउतको निर्देशन रहेको सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।