मल्टिस्टारर सिनेमा ‘म’को सस्पेन्स टिजर रिलिज

मल्टिस्टारर सिनेमा ‘म’को सस्पेन्स टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘म’को टिजर सार्वजनिक गरिएको छ । टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा सिनेमा केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । सुवर्ण थापाले निर्देशित सिनेमा हो ‘म’ ।

सिनेमा सम्बन्धि अध्यापन गराउने कान्तिपुर सिनेमा एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको सिनेमामा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ ।

यही सिनेमाबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गर्दै छन्। उनीहरु कान्तिपुर सिनेमा एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको सिनेमामा तेन्जीङ्ग पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ । कान्तिपुर सिनेमा एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटिभ निर्माता रहेको सिनेमाको निर्मातामा विमला हुमागाईं र पदम पुरी छन् ।

भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको सिनेमालाई डिसिएन र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।