‘सम्झना बिर्सना’ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ रिलिज

‘सम्झना बिर्सना’ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी सिनेमा ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । गत हप्ता छायांकन भएको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा सिनेमाका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री जमेको छ । शिव ढकालले खिचेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । निमेष प्रधान निर्देशित सिनेमामा पूजा र आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायत अभिनय रहेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको सिनेमामा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा सिनेमाको छायांकन गरिएको छ । सिनेमामा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै अभिोत्री पूजा शर्माले आकाशसँग सम्बन्ध सकिने समय नै नआउने जिकिर गरिनु । आकाशसँग धेरै प्रोजेक्टमा काम गरेकाले साथ र सहयोग सधैं हुने उनको दाबी छ । आकाशले पनि पूजासँगको मित्रता सधैं कायम रहने बताए । बजारमा आउने सवै गसिप सत्य नहुने भन्दै त्यस्ता कुराको विश्वास नगर्न आकाशले आग्रह गरेका थिए ।