दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’ फर्स्टलुक पोस्टर सार्वजनिक

दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’ फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाले निर्देशित सिनेमा ‘२ नम्बरी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईमध्ये एउटा पोस्टरमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल हातमा बन्दुक बोकेर फरक गेटअपमा देखिएका छन् भने दोस्रो पोस्टरमा उनीहरुसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्दि तामाङ प्रस्तुत छन् ।

यही सिनेमाबाट भुटानकी सफल अभिनेत्री उगेन छोदेनले नेपाली सिनेमामा डेब्यू गर्दैछिन् । पोस्टरले दुई साथी दयाहाङ र सौगातको मित्रताको कथा भन्ने बुझाउँछ । उनीहरुको भिन्न गेटअपले सिनेमाप्रति दर्शकको उत्सुकता जगाउने निश्चित छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको सिनेमामा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

सिनेमाका लेखक स्वयं निर्देशक दीपेन्द्र लामा हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । सिनेमामा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।