युट्युब ट्रेन्डिङकको शिर्ष स्थानमा पुजा र सोनमको ‘जरुरी कुरा छ’

युट्युब ट्रेन्डिङकको शिर्ष स्थानमा पुजा र सोनमको ‘जरुरी कुरा छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘सम्हालिन्छ कहिले मन’को रोमान्टिक गीत ‘जरुरी कुरा छ’ युट्युब ट्रेन्डिङकको शिर्ष स्थानमा उक्लेकको छ । अभिनेत्री पुजा शर्मामा र डेव्यु अभिनेता सोन मतोप्देनको केमेष्ट्री दर्शकले रुचाएका छन् । गीतमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

हालसम्म गीतमा ११ लाख २५ हजार बढि भ्युज, २ हजार ६ सय बढि कमेन्ट र ४७ हजार लाइक्स मिलेको छन् । सार्वजनिक गीतले सिनेमाको राम्रो हाइप निर्माण गरिदिएको निर्माता अजित कुमा थापा बताउँछन् । दर्शकककोे साथ र सर्पोटले आफुहरुलाई हौसला मिलेकको प्रतिक्रिया निर्देशक सुदर्शन थापाको छ । गीतमा अर्जुन पोखरेलको संगीत तथा सुरेश बाग्लेको शब्द रचना र अञ्जु पन्त र सुरेश लामा स्वर छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो दुबई र युकेमा खिचिएको छ । भिडियोमा सौरभ लामाको छायांकन तारिफयोग्य छ । गीतको भिडियोमा आकाशमा उड्ने प्लेनदेखि पानीमा चल्ने जहाजसम्म र सडकमा कुद्ने कारदेखि मरुभूमिमा हिँड्ने उटसम्म प्रयोग गरिएकाले गीततको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ ।

निर्देशक सुदर्शन थापाले आफूले राम्रो सिनेमा निर्माण गर्ने प्रयास गरेको बताउँछन् । भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमामा पूजा र सोनमका अलवा आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।एबी इन्टरनेशनलको ब्यानरमा निर्मित सिनेमाको कथा महेश दवाडीले लेखेका हुन् ।

ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको सिनेमाको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।