दीया र मनिषको प्रेम दर्शाउने ‘दोख’ दोस्रो टिजर रिलिज

दीया र मनिषको प्रेम दर्शाउने ‘दोख’ दोस्रो टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनुप बराल निर्देशित सिनेमा ‘दोख’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २४ सेकेन्डको टिजरमा दीया मास्के र मनिष निरौलाको प्रेमलाई चित्रण गरिएको छ । गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन टिजरमा दुवै जनालाई दुश्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई पनि देखाइएको छ ।

सिनेमामा खेलमार्फत तत्कालीन राजनीति र समाजको विश्रृंखलतालाई माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यमा कथाको रुपमा पेश गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई सिनेमामा देखाइएको निर्देशक बरालले बताए । यो सिनेमा निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

राजन कठेत लिखित सिनेमामा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

असोर २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई छन् । सिनेमालाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।