मुकुण्डोले कलाकारको अनुहार छोपेको ‘लाखे’ फर्स्टलुक

मुकुण्डोले कलाकारको अनुहार छोपेको ‘लाखे’ फर्स्टलुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेत निर्देशित सिनेमा ‘लाखे’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा अपर्ण थापा बाहेकका कलाकारलाई मुकुण्डोमा प्रस्तुत गरिएको छ । ‘लाखे’को पोस्टरले दर्शकमाझ कौतुहलता पैदा गर्ने विश्वास निर्माण टिमलाई छ ।

आगामी भदौ ३१ गतेबाट प्रदर्शनको तयारमा रहेकको सिनेमामा अपर्ण थापाका अलवा सौगात मल्ल, अनुपविक्रम शाही, प्रशान्त ताम्राकार, आर्यन अधिकारी, सुशिल सिटौला र बर्षा राउत लगायतका कलाकारको मुख्य भुमिका रहेकको छ । सिजन अर्याल र जिएम ठकुरीको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता हरी मल्ल ठकुरी हुन् ।

औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको सिनेमामा सिजन अर्यालको कथा, आकाश बरालको पटकथा तथा संवाद, सुसन प्रजापतिको छायाँकन, निर्देशक बस्नेतको द्धन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

सिनेमाको गीतमा दीपक बज्राचार्यको संगीत र कविराज गहतराजको कोरियोग्राफी हेर्न पाईनेछ । महंगो बजेटमा निर्माण भएको सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।