द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसी अभिनित सिनेमा घनचक्कर प्रदर्शनमा आएको छ । बिहिबारको प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको सिनेमाले दर्शकको राम्रो साग पाउने विश्वास निर्माण टिमलाई छ ।
औसत प्रचार प्रसारका बीच प्रदर्शनमा आएको सिनेमाले मल्टिप्लेक्स हलमा न्युन शो पाएको छ, भने सिंगल स्क्रिन तर्फ प्रशस्त हल आफ्नो पोल्टामा पार्न सफल छ । पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित सिनेमामा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।
कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।


प्रतिक्रिया