उपन्यास ‘लू’को निर्देशन गर्दै प्रदीप भट्टराई

उपन्यास ‘लू’को निर्देशन गर्दै प्रदीप भट्टराई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’लाई प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराईबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । ‘जात्र, शत्रु गते र जात्रै जात्रा’ निर्देशन गरिसकेका निर्देशक भट्टराई अहिले मह जोडीको सिनेमा ‘माहापुरुष’ छायांकन गरिरहेकका छन् ।

कारो फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमाको अहिले प्रि प्रडक्सनको काम भइरहेको छ । निर्माण टिमले यसअघि कालीप्रसाद बास्कोटालाई संगीतकारको रुपमा अनुबन्ध गरिसकेको छ । निर्माण टिमले सिनेमाको मुख्य भूमिकाका लागि विपिन कार्कीसँग कुरा गरिरहेको छ । तर विपिनसँग सम्झौता भने भइसकेको छैन ।

कारो फिल्म्सले ‘लू’ बाहेक अन्य बिग बजेट सिनेमा समेत निर्माण गर्ने घोषणा गरिसकेको छ । ‘लू’को छायांकन आगामी मंसिरबाट गर्ने तयारी निर्माण टिमको छ । निर्माण टिमले दिएको जानकारी अनुसार चाँडै सिनेमाको कास्ट एण्ड क्रिउ टिमबारे जानकारी दिइनेछ ।