‘प्रकाश’को लागि अनामनगरदेखि एकान्तकुनासम्म खाली खुट्टा हिड्थे प्रदीप

‘प्रकाश’को लागि अनामनगरदेखि एकान्तकुनासम्म खाली खुट्टा हिड्थे प्रदीप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमा हो ‘प्रकाश’ । यो सिनेमा सार्वजनिक पोस्टर, गीत संगीत र टिजरका कारण पछिल्लो समय चर्चामा छ । जुम्लाको परिबेशमा छायाँकन भएको सिनेमामा लभ स्टोरीमा फिट देखिएका अभिनेता प्रदिप खड्का भिन्न अवतारमा प्रस्तुत भएका छन् । शिक्षक बन्ने लक्ष्यका साथ अघि बढिरहेको एक जुम्लाको युवकको भुमिकामा उनले अभिनय गरेका छन् ।

‘प्रकाश’का लागि प्रदिपले लामो समय अनुप बरालसँग अभिनयको कक्षा समेत लिएका थिए । अभिनयका हिसावले उनको यो ८ औं सिनेमा हो भलैं रिलिजका हिसाबले ७ औं हुँदैछ । ८ सिनेमामा काम गरिसकेका प्रदिपले ‘प्रकाश’का लागि २ पटक अडिसन दिएका थिए । पहिलो पटक अडिसन दिएर अभिनय सिक्न गएका प्रदिप दोस्रो अडिसनबाट सिनेमाका लागि छनौट भएका थिए ।

उनै प्रदिप आफ्नो क्यारेक्टरका लागि न्याय दिन काठमाडौंको सडकमा खालि खुट्टा समेत हिडेका थिए । सिनेमा छायाँकनमा जानु अघि काठमाडौंको अनमानगरमा सिनेमाको वर्कशप गरिएको थियो । प्रदिप ललितपुर निवासी हुन् । उनी एकान्तकुना हुँदै अनामनगर सम्म आउँथे ।

हालै एक अन्र्तवार्तामा प्रदिपका गुरु अनुप बरालले प्रदिप सिनेमाको क्यारेक्टरमा फिट हुन एकान्तकुनादेखि अनामनगरसम्म खालि खुट्टा आउने गरेको बताएका छन् । आफ्नो क्यारेक्टरमा विविधता दिन खोज्ने कलाकारका रुपमा प्रदिपलाई लिएका अनुपले प्रदीपले कामले आफुलाई प्रुफ गरेको बताएका छन् ।

सिनेमामा प्रदिपको क्यारेक्टर खालि खुट्टामा हिड्नु पर्ने थियो । त्यसैले अनुपले प्रदिपलाई क्यारेक्टरमा ढाल्न खालि खुट्टामा नै एकान्त कुनाबाट अनामनगरसम्म हिड्न भनेका थिए । प्रदिपले पनि अनुपको कुरा माने उनी मुखमा मास्क लगाएर खालि खुट्टा हिडे ।

प्रदिपलाई अभिनयको कक्षा लिदा होस् वा वर्कशप गराउदा नै किन नहोस् अनुप उनीबाट प्रभावित भए । त्यसैले त होला अचेल भन्ने गर्छन एउटा कलाकारले चाह्यो भने गर्न सक्ने रहेछ भन्ने प्रदिपले काम बाटै प्रमाणित गरेको छ ।

दिनेश राउत निर्देशति सिनेमामा प्रदिपका अलवा दिया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको सिनेमालाई बिकास सुबेदीले लेखेका हुन् ।