कार्तिक १८ मा सुरक्षा र नरेनको ‘बुलाकी’ रिलिज घोषणा

कार्तिक १८ मा सुरक्षा र नरेनको ‘बुलाकी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुनार निर्देशित सिनेमा ‘बुलाकी’को रिलिज मिति घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै कार्तिक १८ गतेलाई सिनेमाको प्रदर्शन मिति फाइनल गरिएकको हो । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टलाई प्रस्तुत गरिएको छ ।

सिनेमामा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन । अभिनेता बिष्ट र निर्देशक सुनारले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा अभिनेता र निर्देशकको रुपमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन् । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको सिनेमालाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वर्गिय मोति बिष्टको प्रस्तुति रहेको सिनेमा डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।