विकास बोर्डको २२ औं वार्षिकत्सवमा सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र
विकास बोर्डको २२ औं वार्षिकत्सवमा सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र
द सिनेमा टाइम्स
१६ असार २०७९, बिहिबार
द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले ६२ जना सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डको २२ औं वार्षिकत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिनेमाकर्मीलाई परिचयपत्र वितरण गरेका हुन् । यसअघि ४० जना सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो ।
दोस्रो चरणमा परिचयपत्र प्राप्त गर्नेहरुमा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्जवल घिमिरे, डाक्टर भोला प्रसाद रिजाल, पवन मैनाली, किरण केसी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धिरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिष शाह, हिमाल केसी लगायत छन् ।
यसअघि बोर्डले नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मा, सकुन्तला गुरुङ, उद्धव पौडेल, राजेश हमाल लगायतलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको थियो । यो परिचयपत्र पाउने ४० सिनेमाकर्मीमध्ये चार जनाको निधन भइसकेको छ ।
सिनेमाकर्मी परिचयपत्र वितरण सम्बन्धि कार्यविधि २०७२ अनुसार कलाकर्ममार्फत् राष्ट्रको योगदानको कदर स्वरूप सिनेमाकर्मी परिचयपत्र प्रदान गर्ने उल्लेख छ । कार्यविधिमा विशिष्ट सिनेमाकर्मी, वरिष्ठ सिनेमाकर्मी र सिनेमाकर्मी गरी तीन श्रेणीमा परिचयपत्रलाई वर्णीकरण गरिएको छ । विशिष्ट श्रेणीको परिचयपत्र पाउने सिनेमाकर्मीलाई राज्यले विभिन्न सुविधाहरु प्रदान गर्नेछ ।
विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेहरुको सूचि :-
१. चैत्यदेवी सिंह
२. मोहनलाल सराफ
३. गौरी शंकर धुजु श्रेष्ठ
४. नरेन्द्र बहादुर खड्का क्षेत्री (नरेन्द्र खड्का)
प्रतिक्रिया