‘कृष्ण लीला’को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा

‘कृष्ण लीला’को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक वली निर्देशित सिनेमा ‘कृष्ण लीला’ आगामी भदौ ३ गतेबाट कृष्ण अष्टमीको अवसरमा प्रदर्शनमा आउँदै छ । सिनेमाको सार्वजनिक प्रचार सामाग्रीले बजारमा राम्रो चर्चा बटुली रहेका छन् । निर्माण टिमले शुक्रबार सिनेमाको केही नयाँ पोस्टर सार्वृजनिक गरेको छ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीलाई केन्द्रमा राखिएको पोस्टरमा उनीहरुको प्रेम छल्किएको छ । एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार-चढावलाई सिनेमाले प्रस्तुत गरेको छ । सिनेमाका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

सिनेमामा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईलगायतको पनि अभिनय छ । शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको कथा लेखन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह(निर्मातामा छन् । कृष्ण लीलामा आफुले आजसम्म काम गरेका सिनेमा भन्दा भिन्न भएकाले पनि दर्शककले मेरो भुमिकका केही फरक लाग्ने दाबी अभिनेता खड्काले गरेका छन् ।