पुजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर रिलिज

पुजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार ३१ गतेबाट प्रदर्शन आउने सिनेमा ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार-चढावलाई ट्रेलरमा देखाइएको छ ।

सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलरमा आकाश र पूजाबीचको प्रेमलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको भएपनि एक दृश्यमा आकाशले बोलेको एउटा संवादले पूजा र छुल्ठिम आमने-सामने भएको ट्रेलरमा देख्न देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

निमेष प्रधान लिखित तथा निर्देशित सिनेमामा सुनील थापा र शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा खिचिएको सिनेमालाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेकी हुन् । सुवास भुर्तेल कार्यकारी निर्माता रहेको सिनेमाका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ राम्रो चर्चाको बटुलेका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमालाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’को छ । सिनेमाका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको सिनेमाको वितरण आरआर फिल्मस्ले गर्दैछ ।