हेमराजको निर्देशनमा ‘जेरी २’ बन्ने, मुख्य भुमिकामा अनमोल

हेमराजको निर्देशनमा ‘जेरी २’ बन्ने, मुख्य भुमिकामा अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी सिनेमा ‘जेरी २’मा अनुबन्धित भएका छन् । हेमराज बिसीले निर्देशन गर्ने सिनेमा ‘जेरी २’को छायांकन ‘छड्के २’ र पुजा शर्माको अनटाइटल सिनेमापछि हुनेछ । आइतबार काठमाडौंको एक होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सरोज न्यौपानेले निर्माण गर्नेछन् । उनले यसअघि ‘सम्बोधन र दि ब्रेकअप’ लगायतका सिनेमा निर्माण सकिकेका छन् । निर्देशक बिसी र अनमोलबीच ‘गाजलु’पछि टिमअप हुँदैछ । यसबीचमा थुप्रै पटक उनीहरुले सहकार्य गर्न खोजे पनि व्यस्तताका कारण टिमअप हुन सकेको थिएन् ।

अनमोल अभिनित सिनेमा ए मेरो हजुर ४ नयाा वर्षको अवसरमा बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो । अनमोल र हेमराजले टिमअप गरेका सवै सिनेमा बक्कसअफिसमा सुपरहिट भएका छन् । यसैले पनि लामो समयपछिको टिमअम दर्शकको प्रतिक्षामा रहनेछ । सिनेमाको बारेमा बाँकी जानकारी केहीसमयमा जानकारी दिइन् निर्माता सरोज न्यौपानेले बताए ।