सलोन र शिल्पाको ‘मिलन’ कात्तिक पहिलो हप्तामा

सलोन र शिल्पाको ‘मिलन’ कात्तिक पहिलो हप्तामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कात्तिक पहिलो साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा एकसाथ देखिने भएका छन् । ६ महिना अगाडि छायांकन सकेर डबिङको काम समेत पूरा भइसकेको सिनेमा तीन पात्रको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक टेक पौरखी राईले जानकारी दिए ।

सिनेमामा शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चकलेटी लुक्सका कुशलले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् भने शिल्पाको पनि मिलन डेव्यु सिनेमा हो । उनी टिकटकमा चर्चित छिन् । निर्देशक राईले भने यसअघि दुई सिनेमा ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । सिनेमाको कथा समेत स्वयंम निर्देशक राईले नै लेखेका हुन् ।

सिनेमाको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौसल खड्का, प्रविशा अधिकारी, कृष्ण केसी, अस्मिता अधिकारी र बबिना किँरातीले स्वर दिएका छन् । काठमाडौं र कालिन्चोकमा खिचिएको सिनेमाको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको सिनेमाको कथाले युवापुस्तालाई हलसम्म तान्ने विश्वास निर्देशक राईको छ ।