‘बाबरी’ गीतमा ‘चुलबुल चुलबुल’ गर्दै अदिती र धिरज (भिडियो)

‘बाबरी’ गीतमा ‘चुलबुल चुलबुल’ गर्दै अदिती र धिरज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । बिहिबार गीत केन्द्र मोशनको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।

सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमकको स्वर सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । बाबरी रंगले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम सिनेमाको सार्वजनिक यो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।