शुक्रबारबाट प्रदर्शनमा आयो अनुप बराल निर्देशित ‘दोख’

शुक्रबारबाट प्रदर्शनमा आयो अनुप बराल निर्देशित ‘दोख’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘दोख’ निर्माणको ७ वर्षपछि शुक्रवारबाट प्रदर्शनमा आएको छ । सिनेमाले माओवादी-सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथालाई प्रस्तुत गरिएको छ । रंगमञ्चमा ठूलो नाम बनाएका अनुप बरालले निर्देशन गरेका कारण सिनेमाप्रति दर्शकको अपेक्षा उच्च छ ।

‘दोख’ले सिंगल थिएटर पर्याप्त मात्रामा पाएको छ भने मल्टीप्लेक्समा पनि सुखद् शोज हात पारेको छ । तर, मल्टीप्लेक्समा दोखलाई हलिउड सिनेमा ‘थोर’ ठूलो चुनौती बन्ने देखिन्छ । अभिनेता क्रिस हेम्सवर्थ स्टारर सिनेमाको मल्टीप्लेक्समा उच्च शोजसहित आक्रामक रुपमा टिकट बुकिङ भइरहेको छ । यो अवस्थामा ‘दोख’को भविष्य माउथ पब्लिसिटीमा निर्भर रहनेछ ।

एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा सिनेमा निर्माण भएको हो । सिनेमामा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।

सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको सिनेमामा शैलेन्द्र डि कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।