टिजर सार्वजनिक गर्दै असोज १४ मा ‘परदेशी २’ रिलिज घोषणा

टिजर सार्वजनिक गर्दै असोज १४ मा ‘परदेशी २’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ‘रीमा ईन्टरटेन्मेन्ट’ मार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरेको हो । निर्माण टिमका अनुसार असोज १४ गतेबाट सिनेमा प्रदर्शन आउनेछ ।

साढे २ मिनेट ४९ सेकेण्ड लामो टिजरमा सिनेमाका मुख्य कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, बर्षा शिवाकोटी लगायत प्रस्तुत छन् । ‘परदेशी-२’ गायक प्रकाशको डेब्यू सिनेमा हो । यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई टिजरबाट चित्रण गरिएको छ ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर सिनेमाको निर्माण गरेका हुन् । सिनेमाको कथा गीतकार रमेश बिजीले लेखेका हुन् । सिनेमामा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

बिबि अनुरागीको संगीत रहेको सिनेमामा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।

सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमालाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ । सिनेमाको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।