निता र हरिहर विवाह बन्धनमा बाँधिए

निता र हरिहर विवाह बन्धनमा बाँधिए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी लामा २ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा उनीहरुको विवाह समारोह चलिरहेको छ । विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही सिनेमाकर्मी मात्र सहभागी छन् ।

औंठी साटासाटको क्रममा खिचिएको तस्विरमा हरिहर ढाकाको दौरा-सुरुवालमा ठाटिएका छन् भने नीता रातो रंगको लेहंगामा देखिएकी छन् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाएको खुशी उनीहरुको अनुहारमा झल्किन्छ । नीता र हरिहरले आइतवार साँझ होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी दिँदैछन् ।

निता र हरिहरको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन तथा साउथका चर्चित कलाकार प्रदीप रावत नेपाल आउने छन् । प्रदीप सिनेमा ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गर्दैछन् । नीताले प्रदीपसँग भोजपुरी सिनेमा ‘माही’मा अभिनय समेत गरेकी छन् । विवाहको केहीदिन अघि मात्रै उनीहरुले ‘ह्रस्व दीर्घ को शुभसाइत समेत गरेका थिए ।