कात्तिक २५ मा साम्राज्ञी र जीतुको ‘ह्यारी की प्यारी’

कात्तिक २५ मा साम्राज्ञी र जीतुको ‘ह्यारी की प्यारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सिनेमाका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । सिनेमाले उनीहरुको विवाहको कथा भन्ने पोस्टरले बुझाउँछ ।

पोस्टरमा जितु ढाका टोपी लगाएर नौमती बाजा बजाउँदै देखिएका छन् भने साम्राज्ञी रातो लेहंगामा बेहुली झैं सिंगारिएकी छन् । जितु र साम्राज्ञीको रोचक केमेस्ट्रीले सिनेमाप्रति उत्सुकता जगाउने देखिन्छ । जितुले सिनेमामा आफूले अहिलेसम्मकै चुनौतीपूर्ण भूमिकामा अभिनय गरेको दाबी गरेका छन् । त्यस्तै, साम्राज्ञी सिनेमा जति नै पुरानो हुँदै गएपनि दर्शकलाई ताजा लाग्ने बताउँछिन् ।

सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् । डाक्टर कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् ।

सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।