सस्पेन्स थ्रिलर ‘लाखे’को एक्शन टिजर रिलिज

सस्पेन्स थ्रिलर ‘लाखे’को एक्शन टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेत निर्देशित सिनेमा ‘लाखे’ को टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत गरिएको छ । केही समयअघि सार्वजनीक फस्र्टलुक पोस्टरबाटै चर्चा बटुल्न सफल सिनेमाको करिब सवा एक मिनेट लामो टिजरले दर्शकको अपेक्षा अझ बढेने देखिन्छ ।

भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट सिनेमा सस्पेन्स र थ्रीलले भरिएको अनुमान गर्न सकिन्छ । सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

गणेश मल्ल ठकुरीको प्रस्तुति रहेको सिनेमाको कथाकार तथा निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमा सुसन प्रजापतिले खिचेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद आकाश बरालले लेखेका हुन ।

दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको सिनेमालाई आरआर फिल्मस्को बितरण गर्दैछ । निर्देशक सम्राटले ‘लाखे’ हर प्रकारले उत्कृष्ट भरपुर मनोरञ्जक सिनेमा बनेको बताउँछन् ।