प्रकाशमा हलो जोतिरहेको अवस्थामा देखिए प्रदीप

प्रकाशमा हलो जोतिरहेको अवस्थामा देखिए प्रदीप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदिप खड्कालाई लभस्टोरी सिनेमामा निकै नै रुचाइएका थिए । लभस्टोरी सिनेमाबाट लाखौं दर्शकको मन जितेका प्रदिप पछिल्लो पुस्ताका सफल अभिनेता हुन् । उनै प्रदिप यतिबेला फेरिएका छन् । अहिले सम्म प्रदिप अभिनित ६ वटा सिनेमा प्रदर्शन भइसकेका छन् । उनको सातौं सिनेमा ‘प्रकाश’ भाद्र १० गतेबाट प्रदर्शन हुँदैछ ।

‘प्रकाश’मा कर्णालीको एक युवाको पात्रमा प्रदिप देखिएका छन् । सिनेमाको जुम्लाको परिबेशमा छायाँकन भएको भएपनि यसले आम नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने निर्णण पक्षले जनाएको छ । प्रदिप शिक्षक बन्ने सपना देखेको एक युवाको भूमिकामा छन् । त्यसो त सिनेमाको पोष्टर रिलिज देखिनै यसको चर्चा निकै छ । सिनेमाका प्रचार सामाग्री हेरेर धेरैले प्रदिप कलाकार बनेको प्रतक्रिया दिएका छन् ।

यसै बिच निर्माण टिमले प्रदिपका दुई तस्विर सार्वजनिक गरेको छ । जहाँ प्रदिपले हलो जोतिरहेका छन् । टाउजर र सर्ट लगाएर हलो जोतिरहेका प्रदिपलाई हेर्दा लाग्छ उनी एउटा सच्चा कलाकार हुन् । जो आफ्नो पात्रमा मेहनत गर्न पछि पर्दैनन् । त्यसो त सार्वजनिक टिजर र गीतले अभिनयमा प्रदिपले गरेको मेहनत देखाइसकेको छ । त्यसो त सामाजिक सञ्जालहरुमा प्राप्त प्रतिक्रिया हेर्दा प्रदिपको परिवर्तित स्वरुप हेर्न उनका फ्यानहरु आतुर देखिन्छन् । प्रदिप प्रकाशमा दर्शकका लागि सप्राइज भएका छन् ।

सिनेमाले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । दिनेश राउतको निर्देशन रहेको सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।