‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज

‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिएस बलामी निर्देशित सिनेमा ‘प्रपञ्च’को गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको हो ।

सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । सिनेमाको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ ।आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने प्रपञ्चलाई बद्री साह, अनिल गुीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा शिवानी बलामी छिन् ।

सिनेमामा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिमखडा, सिजन तिवारी लगायतका कलाककारको पनि अभिनय रहेको छ । सिनेमामा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालको सम्पादन रहेको छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक र सन्तोष पराजुली प्रोडक्सन म्यानेजर रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।