कोलकतामा ‘हेल्लो जिन्दगी’ले जित्यो ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’

कोलकतामा ‘हेल्लो जिन्दगी’ले जित्यो ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘हेल्लो जिन्दगी’ सिनेमाले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत र बिक्रम डि. जोशीद्धारा निर्मित तथा अभिनीत सिनेमाले केही साता अघि गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल सिनेमा महोत्सवमा क्रिटिक्स च्वाइस् अवार्ड समेत जितेको थियो ।

भारत, युके, जापन, इजिप्ट, ताइवान, क्युवा, टर्की, इन्डोनेसिया, स्पेन, अष्ट्रेलिया, चिनलगायत थुप्रै देशका सिनेमाहरुले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशीत ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर सिनेमा बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् । मासिक रुपमा आयोजना हुदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जून महिनाको बिजेता भएको हो । मासिक बिजेता सिनेमाहरु स्वतः बार्षिक प्रतिस्पर्धामा छनौट हुने प्राबधान अवार्ड आयोजक संस्थाले गरेको छ ।

अभिनेता तथा निर्मात जोशीले आफ्नो सिनेमाले एकपछि अर्काे अन्तराष्ट्रिय अवार्ड जित्दा खुशी लागकोे प्रतिक्रिया दिएका छन् । उनले अवार्डले आफूलाई सिनेमा निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताएका छन् । निर्देशक बोहराले आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा खुशी लागेको बताए । हाल अमेरिका निवासी बोहरा केही समयमै नेपाल पर्केर नयाँ सिनेमा निर्माण गर्ने तयारीमा जुट्ने छन् ।

सिनेमामा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयंमले मुख्यमा भूमिकामा अभिनय गरेका छन् । युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको सिनेमामा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले बितरण गरेको थियो ।