आकाश, सलोन र रेखा अभिनित ‘हिँड्दा हिँड्दै’ छायांकन सकियो

आकाश, सलोन र रेखा अभिनित ‘हिँड्दा हिँड्दै’ छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीले सिनेमा क्षेत्र ठप्प रहेको अवस्थामा २०७७ सालको असोजमा सिनेमा ‘हिँड्दा हिँड्दै’को घोषणा भएको थियो । पुष दोस्रो साताबाट सिनेमा छायांकनमा निस्कियो । तर, छायांकन भइरहेको समयमा कोरोना महामारी भयावह रुपमा फैलिएपछि सिनेमा अधुरैमा रोकियो । गत साता सिनेमाको बाँकी छायांकन गरिएको थियो । २ वर्षमा सिनेमाको सम्पुर्ण छायांकन सकिएको छ ।

मिलन आले मगर निर्देशित सिनेमामा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, ममता पौडेल, बिकास थापा मगर, बाल कलाकार अर्विन थिङ्गका अलवा डेव्यु अभिनेत्री रेखा शाहको अभिनय छ । प्रेमकथामा बनेको सिनेमाको निर्माता सुशील पंगेनी हुन् । सिनेमाको कथा पनि निर्माता पंगेनीले नै लेखेका हुन् । निर्देशक मगरले केही दिनमा पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरिने बताए ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको सिनेमाको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोद कुमार तामाङ र महादेव साह सहनिर्माता रहेको सिनेमालाई लीलामान तण्डुकारले छायांकन गरेका हुन् । सिनेमामा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।