पौष २९ गते किरण र सेन्जल अभिनित ‘दिलमाया २’

पौष २९ गते किरण र सेन्जल अभिनित ‘दिलमाया २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक राजु गिरीले सिनेमा ‘दिलमाया २’ निर्माण गरेका छन् । बुधबार सिनेमाका २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएकको छ । सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

केही समयअघि सिनेमाको छायांकन पनि सकिएको छ । ‘दिलमाया २’को अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको निर्देशक गिरीले बताए । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, भिष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्धन्द्व निर्देशन, बिष्णु निराकर र सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।