समुन्द्र भट्टको ‘गुलाबी’मा नाजिर अनुबन्धित

समुन्द्र भट्टको ‘गुलाबी’मा नाजिर अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ट्रान्सजेन्डर समलैंगिक कथावस्तुमाथि सिनेमा ‘गुलाबी’ निर्माण हुने भएको छ । समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने सिनेमाको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच केहीदिन अघि लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

नाजिरले समलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको छ । ‘समाजमा तेस्रो लिंगी समुदायलाई हेर्र्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने सन्देश दिन सिनेमा निर्देशन गर्न लागेकी हुँ,’ निर्देशक भट्टले भनिन्, ‘उनीहरुलाई मानवीय रुपमा व्यवहार गर्नु जरुरी छ ।’

भदौ २१ गतेदेखि छायांकन सुरु हुने सिनेमाको लागि नाजिर बाहेकका अन्य कलाकारको अडिसन सुरु हुँदैछ । अर्को एक प्रमुख भूमिकामा विशाल पहारी पनि अनुबन्धित भइसकेका छन् । चरित्र निर्माणका लागि नाजिरले १५ किलो तौल घटाउँदैछन् । उनी एक महिनादेखि यही चरित्रको लागि तौल घटाइरहेका छन् ।

युवतीजस्तो कम्मर बनाउन उनले मेहनत गरिरहेको निर्देशक भट्टले बताइन् । सिनेमाको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् । आठ वर्षअघि ‘आधापेज’ निर्देशन गरेकी भट्ट यही सिनेमाबाट निर्देशनमा कमव्याक गर्दैछिन् ।