शुक्रवारबाट हलमा ‘सम्झना बिर्सना र सिल्ली फो’ रिलिज

शुक्रवारबाट हलमा ‘सम्झना बिर्सना र सिल्ली फो’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट २ नेपाली सिनेमा ‘सिल्ली फो र सम्झना बिर्सना’ प्रदर्शनमा आएका छन् । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित सिनेमा ‘सिल्ली फो’ले एकसाथ प्रदर्शनको सुरुवात गरेका हुन् ।

२ सिनेमामध्ये मल्टीप्लेक्समा शो र संख्यात्मक रुपमा सिंगल थिएटर ‘सम्झना बिर्सना’ले बढी पाएको छ । सिनेमामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङ मुख्य भूमिकामा छन् । सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निमेष प्रधान लिखित तथा निर्देशित सिनेमामा सुनील थापा र शिशिर राणाको पनि अभिनय रहेको छ ।

दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा खिचिएको सिनेमालाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेकी हुन् । सुवास भुर्तेल कार्यकारी निर्माता रहेको सिनेमाका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ राम्रो चर्चाको बटुलेका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमालाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’को छ । सिनेमाका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी छ ।

ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमा ‘सिल्ली फो’मा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् । सिनेमामा केकी अधिककारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, सौजन बोहोरा, जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर काटेका हुन ।