सस्पेन्स थ्रिलर ‘म’को २ पोस्टर सार्वजनिक

सस्पेन्स थ्रिलर ‘म’को २ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘म’को २ पोस्टर सार्वजनिक गरिएका छन् । सार्वजनिक पोस्टरमा अनुसार डेव्यु अभिनेता संजोग रसाईलीको वरिपरि कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग सिनेमा एकेडेमीका स्टुडेन्ट हुन र उनको यो डेब्यू सिनेमा हो ।

निर्माण टिमले केही दिन अघि १ मिनेटको टिजर सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक मिनेटको टिजर र पोस्टर अनुसार निशा अधिकारी डाक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङ्गस्टार भन्ने स्पस्ट देखाइएको छ । अन्य पात्रमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठ पनि टिजर र पोस्टरमा अटाएका छन् । तर उनीहरुको क्यारेक्टर के हो भनेर खुलाइएको छैन् ।

लेन्डस्केप र पोट्रेट गरी २ वटा फरक फरक साईजमा सार्वजनिक भएको मको पोस्टरले हेरिरहेको रेगुलरभन्दा केही फरक कथामा सिनेमा बनेको बुझ्न सकिन्छ तर सिनेमामा मको अर्थ र सिनेमाको मुख्य कथा के हो भनेर अहिले सम्म गोप्य राखिएको छ । सिनेमाको निर्देशक सुवर्ण थापा हुन् ।

सिनेमा मको सिनेमाटोग्राफर तेन्जिङ्ग पाल्देन, एडिटर बनिस शाह, निर्माता बिमला हुमागाई र पदम पुरी हुन भने सिनेमाको राईटर र कृयटिभ प्रोड्युसर कान्तिपुर सिनेमा एकेडेमीका सिईओ प्रकाश पुरी हुन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर सिनेमा एकेडेमीको प्रस्तुतिमा निर्माण भएको म श्रावण २० गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको ट्रेलर श्रावण पहीलो हप्ता सार्वजनिक गर्ने निर्माण टिमले जानकारी दिएको छ ।