anmol jasita

मुकुन्द भट्ट निर्देशित ‘एक्स नाइन’मा मोडल नीति शाह अनुबन्धित

मुकुन्द भट्ट निर्देशित ‘एक्स नाइन’मा मोडल नीति शाह अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोडल नीति शाह मुकुन्द भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘एक्स नाइन : लेभल वान’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमबीच लिखित सम्झौता भएको हो । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने सिनेमाबाट नितीले नेपाली सिनेमामा डेव्यु गर्ने भएकी हुन् ।

सिनेमामा नीतिको जोडी अनमोलसँग बाँधिने छ । उनीहरुले एउटै स्कूलमा पढेका थिए । नीतिले करसहित १० लाख रुपैयाँ पारिश्रमिकमा सिनेमा साइन गरेकी हुन् । मंसिरपछि छायांकनमा निस्कने सिनेमामा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, अर्पण थापा, राज कटुवाल र सुधाम्शु जोशी लगायतको पनि अभिनय रहनेछ । सिनेमामा भारतका चर्चित अभिनेता सुनील सेट्टीले पनि अभिनय गर्ने बताइएको छ ।

सिनेमाको पहिला क्यानडामा छायांकन गर्ने तयारीमा निर्माण टिम छ । पुष्प र अनमोलले भिसा प्रक्रियाका लागि निर्माण टिमलाई पासपोर्ट बुझाइसकेका छन् भने नीतिले पनि सिनेमा साइन गरेसँगै पासपोर्ट दिएकी छन् । क्यानडापछि सिनेमाको यूरोप र नेपालमा छायांकन हुनेछ । सिरिजको रुपमा निर्माण हुने ‘एक्स ९’लाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर सिनेमा भनिएको छ ।

सिनेमाको गत वर्ष नै छायांकन गर्ने तयारीमा निर्माण टिम थियो । त्यसका लागि एक्सन अवतारमा प्रस्तुत हुन सौगात, अनमोल र पुष्पले तीन महिना जिम र एक्सनको तालिम समेत लिए । तर, पछि विभिन्न कारणले सिनेमा छायांकनमा जान सकेन । अब फेरि निर्देशक भट्टको टिम छायांकनमा निकस्ने तयारी गर्दैछ ।