‘दि सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक

‘दि सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित सिनेमा ‘दि सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई केन्द्रमा राखिएको छ । बेपत्ता श्रीमानको पखाईमा बसेकी एक गर्भवती श्रीमतीको कथा सिनेमामा प्रस्तुत गरिएको सार्वजनिक ट्रेलरले प्रस्ट्याउँछ ।

सार्वजनिक ट्रेलरमा सृष्टिको अभिनयले दर्शकको मन जित्ने देखिन्छ । सिनेमामा सृष्टिका अलवा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सिनेमामा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन, एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको सिनेमामा निर्देशक सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।