मंसिर २३ मा नम्रता र निशान अभिनित महामारीको कथा ‘डेसान’

मंसिर २३ मा नम्रता र निशान अभिनित महामारीको कथा ‘डेसान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमल एक्चै मगरको निर्देशनमा निर्माण भएको सिनेमा ‘डेसान’ले सोमबार फर्स्टलुक पोस्टरका साथै प्रदर्शन मिति पनि घोषणा गरेको छ । कोरोना महामारीको बिषयमा आधारित भएर निर्माण गरिएको सिनेमा आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउनेछ ।

सार्वजनीक दुई मध्ये एकक पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्माण भएको सिनेमामा नम्रता, निशान, भोलाराज, पुनमका अलवा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतका कलाकारको अभिनय रहेको छ । चक्रबहादुर महर्जनले खिचेको सिनेमाको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ ।

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको सिनेमाले पूर्ण मनोरञ्जनका साथै सन्देशसमेत प्रबाह गर्ने दावी निर्माण पक्षको छ । राज थापा काउचाको कथा रहेको सिनेमाको स्क्रिप्ट निर्देशक कमल स्वयम्ले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको सिनेमा नेपालभन्दा पहिला बिभिन्न देशमा प्रदर्शनको तयारी भैरहेको छ ।