‘प्रेमगन्ज’ ट्रेलर : प्रेमी तेजको पखाईमा बसेकी बेनिशा

‘प्रेमगन्ज’ ट्रेलर : प्रेमी तेजको पखाईमा बसेकी बेनिशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमाको साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ । लभस्टोरी सिनेमामा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । सिनेमाले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।

सार्वजनिक ट्रेलरबाट तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । सिनेमाको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ । तर निर्माण टिमका अनुसार सिनेमाभित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छिन् । ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छिन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमालाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र चा्रतारीको ब्यानरमा निर्माण भएको सिनेमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै सिनेमा युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको सिनेमामा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । सिनेमामा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ भने अस्मिता अधिकारी, मेलिना राई, स्वरुपराज आचार्यको स्वर सुन्न पाइन्छ ।