प्रकाश र केकी अभिनित ‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक

प्रकाश र केकी अभिनित ‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लोक गायक तथा निर्देशक नारायण रायमाझि निर्देशित सिनेमा ‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । गीततकार रमेश पौडेलको शब्द रचना तथा निर्देशक रायमाझिको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गायक सपुतले यही सिनेमाबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको अडियो उत्कृष्ट सुनिन्छ ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर सिनेमाको निर्माण गरेका हुन् । सिनेमाको कथा गीतकार रमेश बिजीले लेखेका हुन् । सिनेमामा केकी र प्रकाशका अलवा बर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलिप रायमाझि, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

बिबि अनुरागीको संगीत रहेको सिनेमामा गोबिन्द राईको पनि कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । रामभक्त जोशीको स्वरमा रहेको पुरानो गीतलाई निर्देशक रायमाझिले २० वर्षपछि पुन: रेकर्ड गरी ‘परदेशी २’मा समावेश गरेका हुन् ।

सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमालाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने सिनेमामा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ । सिनेमाको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।