‘महापुरुष’, कात्तिक ११ मा रिलिज

‘महापुरुष’, कात्तिक ११ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –सिनेमा  ‘महापुरुष’को पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्य प्रस्तुत छन् । भने अर्को पोस्टरमा हरिवंशसँगै अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् ।प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा महापुरुष’को प्रदर्शन मितीे कात्तिक ११ गतेलाई तय गरिएको छ ।

सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ राजाराम पौडेल र नव नायक नायिका अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका छ । षट्कोण आर्ट्स प्रालिको प्रस्तुती रहेको फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री छन् ।सिनेमाको छायाँकन दिपेश बज्रचार्य र सम्पादन मित्र डि.गुरुङको छ ।