झिँगेदाउ’ ट्रेलरको ट्रेलर सार्वजनिक

झिँगेदाउ’ ट्रेलरको ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा  ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ ।
सिनेमा  उनीहरु जेठानी-देवरानीको भूमिकामा छन् ।यो सिनेमा आगामी भदौ १७ गते प्रदर्शनमा आउँदैछ ।सिनेमा मा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’मा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कृतिमाथि बनेको सिनेमा को पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
बिष्णु कल्पितको छायांकन रहेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।  स्तरीय बनाउन आफूले सकेको  सिनेमा मा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ ।