धिरज नाडकरलाई समेट्दै ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक

धिरज नाडकरलाई समेट्दै ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक भएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिति बुढाथोकीलाई मात्र सिनेमाको प्रचार सामाग्रीमा समेटिएको थियो ।

नयाँ पोस्टरमा डेब्यु अभिनेता धिरज नाडकरपनि फिचर्ड छन् । उनि अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।

दुई ओटा पोस्टरमा धिरज, अदिति र धिरजको फ्रेण्डशिप झल्किएको छ । तेस्रो पोस्टरमा धिरज नाडकर र अदिति रोमान्टिक बन्दा धिरज मगरलाई आक्रामक अन्दाजमा प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भदौ ३१ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमाको ट्रेलर साउन ३० गते सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निभाएकी छन् ।