चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी

चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयनका लागि निर्माता एवं कलाकार नवल खड्काले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

२९ बुँदे एजेण्डासहित फेसबुकमा स्टाटस लेख्दै खड्काले उम्मेदवारी दिएका हुन् । पेशागत हकहित र संघको भवन निर्माण, चलचित्र नीति २०७१ कार्यन्वयन, ७ ओटै प्रदेशमा बिकास बोर्ड, विदेशमा नेपाली सिनेमाको बजार खोजी, बक्सअफिसको प्रभावकारिता, उपयुक्त छायांकन स्थलको खोजि लगायतका एजेण्डा उनले अगाडी सारेका छन् ।

उनले सहमतिको नेतृत्व उत्तम विधि भनेका छन् । चुनावबाट सहमतिको जस्तो उत्कृष्ट नेतृत्व चयन नहुने उनले उल्लेख गरेका छन् ।

खड्का विगतमा संघको सचिव र कलाकार संघको अध्यक्ष पनि रहिसकेका छन् ।

अहिलेसम्म नवल बाहेक अन्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छैनन् ।