‘सम्हालिन्छ कहिले मन’को गीत ‘मेरो मन मुटु’ सार्वजनिक

‘सम्हालिन्छ कहिले मन’को गीत ‘मेरो मन मुटु’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली बक्सअफिसमा सुखद् सुरुवात गरेकोे सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ । सार्वजनिकक गीतमा डेव्यु अभिनेता सोनम तोप्देन र दीपा लामाले स्वर भरेका छन् ।

कविराज गहतराजकको कोरियोग्राफी रहेको गीतमा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई फिचर्ड गरिएको छ । ‘सम्हालिन्छ कहिले मन’ लभस्टोरी सिनेमा निर्देशनमा सफल सुदर्शन थापाले निर्देशन गरेका हुन् । भिडियोमा सौरभ लामाको छायांकन तारिफयोग्य छ । भदौ १७ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमामा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य, मरिष्का पोखरेललगायतका कलाकारको पनि अभिनय छ ।

एवि इन्टरनेशनलको ब्यानरमा निर्मित सिनेमाको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको सिनेमाको निर्माता अमित बस्नेत परी राना, अजित कुमार थापा हुन् ।