‘महापुरुष’को दोस्रो गीत ‘बेमैसमी’ सार्वजनिक

‘महापुरुष’को दोस्रो गीत ‘बेमैसमी’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भुमिका रहेको सिनेमा ‘महापुरुष’को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो ।

राम अविरल बिष्टको शब्द रचना तथा एसडी योगीको संगीत रहेको गीतमा संगगीतकार योगी र रेश्मा पुनको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई विवेक रसाईलीले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, गौरी मल्ल र डेव्यु अभिनेता अरुण क्षेत्री र डेव्यु अभिनेत्री अन्जना बराईलीलाई फिचर्ड गरिएको छ ।

रोमान्टिक बिटमा तयार पारिएको गीतको भिडियो मेकिङ उच्च देखिएको छ । सार्वजनिक गीतमा प्रमोद के भण्डारीको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको डिओपी र शेर बहादुर तामाङको सिनेमाटोग्राफी हेर्न सकिन्छ । सिनेमामा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।

षट्कोण आट्र्स प्रालिको व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । कवि नवराज पराजुली गीत लेखन रहेको सिनेमा संगीत ऋदम कँडेलको छ ।

सिनेमाको पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।