‘लाखे’को आइटम नम्बर ‘तिम्रो पिरेम’ सार्वजनिक

‘लाखे’को आइटम नम्बर ‘तिम्रो पिरेम’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाखे’को आइटम गीत सार्वजनिक गरिएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा सिनेमाका मुख्य अभिनेताद्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छ ।

हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा संगीत तथा शब्द रचना गायक बस्नेत स्वयंको छ । पृष्ठभूमि गायनमा सुशान्त गौतम र रुप बहादुरले सघाएका छन् । सार्वजनिक गीतमा सुक्मीत तामाङ घिसिङले कम्मर मर्काएककी छन् । सौरभ लामाको छायांकन रहेको गीतलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।

सिनेमा एक्सन, सस्पेन्स-थ्रिलर जनरामा निर्माण गरिएको निर्माण टिमले जनाएको छ । सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । सिनेमामा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।