प्रेम र मित्रतामा आउने दरारको कथा ‘मीलन’ ट्रेलर

प्रेम र मित्रतामा आउने दरारको कथा ‘मीलन’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमा ‘मिलन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका मुख्य तीन पात्र कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको प्रेममा आउने उतार-चढावमा फोकस गरिएको छ । यही सिनेमाबाट कुशल र शिल्पाले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका हुन् ।

युवापुस्ताको प्रेमकथा र वियोग रुचाउने वर्गलाई सिनेमाले आकर्षित गर्न सक्ने देखिन्छ । ट्रेलरको सुरुवातमा समावेश गीतको एक अंशमा कालिन्चोकको दृश्य मनमोहक छ भने केही संवाद मनछुने छन् । टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ ।

सिनेमामा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको सिनेमाको निर्माता प्रविन थापा हुन् ।