‘कप्टी’को ‘झ्याई पारौं’ बोलको गीत सार्वजनिक

‘कप्टी’को ‘झ्याई पारौं’ बोलको गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुपेन्द्र गुरुङ निर्देशित सिनेमा ‘कप्टी’को ‘झ्याई पारौं’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक लयको गीतमा मेलिना राई र रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ । चक्र पुलामी मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामीलाई फिचर्ड गरिएको छ ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको हालै बेलायतमा आयोजना गरिएको स्पेशल शोमा सुखद् प्रतिक्रिया मिलेको थियो । निर्देशक भुपेन्द्रकै लेखन रहेको ‘कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतको अभिनय छ ।

भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको सिनेमामा मदन घिमिरेको छायांकन, नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टीका पुन र तारा सिरिस मगरको गायन छ । सोलुखुम्बुको जुबु र त्यस आसपासका रमणीय स्थानमा छायांकन गरिएको सिनेमाले आफ्नै पिताको हत्यारासँगको बदला र जीवन संघर्षको कथा बोलेको छ ।

मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ निर्माता रहेको सिनेमाको सह-निर्मातामा नातीकाजी गुरुङ छन् । सिनेमा मौलिक नेपाली कथावस्तुमा आधारित भएर निर्माण भएको निर्देशक गुरुङले जानकारी दिए ।